अदालतको शौचालयबाट अभियुक्त भागे

72
  •  
  •  
  •  

काठमाडौं २० भदौ ।
अदालतमा म्याद थप्न लगिएका बलात्कारका अभियुक्त दिपक क्षेत्री भागेका छन्। म्याद थप्न काठमाडौं जिल्ला अदालत लगिएका क्षेत्री शौचालयको झ्यालबाट भागेका हुन्।

 महानगरीय प्रहरी वृत्त महाराजगन्जले बलात्कारको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेका उनलाई अनुसन्धानका लागि दोस्रो पटक म्याद थप्न वृत्तका प्रहरीले अदालत लगेका थिए। बिहीबार अदालत लगेका उनलाई सुरक्षामा खटिएको प्रहरीले शौचालय जाँदा हत्कडी खोलिदिएका थिए। शौचालयभित्र छिरेका अभियुक्त लामो समयसम्म ननिस्केपछि ढोका फोरेर हेर्दा उनी त्यहाँ थिएनन्। झ्याल खुल्लै थियो। प्रहरीले यतायता खोजी गरे पनि फेला परेनन्।

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजे वृत्तका एक प्रहरीले क्षेत्रीलाई बबरमहलमा रहेको जिल्ला अदालत लगेका थिए। अदालतको तेस्रो तलामा रहेको इजलासमा क्षेत्रीको म्याद थप गर्नेबारे बहस तोकिए पनि उनलाई प्रहरीले पहिलो तलामा रहेको शौचालयमा ल्याएका थिए।

अदालतको सिसिटिभीमा कैद भएको दृश्य र त्यसको समयअनुसार १ः४६ मा एक प्रहरीले उनलाई हत्कडी खोलेर शौचालयभित्र प्रवेश गराएका थिए। ती प्रहरी १५ मिनेटसम्म शौचालय बाहिरै बसे।

अदालतको नयाँ भवनको प्रवेश गर्ने र बाहिरिने गेटमा प्रहरीले कडा सुरक्षा प्रवन्ध गरे पनि क्षेत्री १ः५९ मा सहजै गेटबाट बाहिरिएका थिए। उनी अदालत परिसरबाट बाहिरिएको करिब ५ मिनेटपछि उनको सुरक्षामा गएका प्रहरीले अदालतको सुरक्षाकर्मीलाई अभियुक्त भागेको जानकारी दिएका थिए।

शौचालयमा छिरेपछि क्षेत्री शौचालयको झ्यालको सिसा उक्काएर भागेका थिए। तेस्रो तलाको इजलास परिसर क्षेत्रमा शौचालयको प्रवन्ध भए पनि पहिलो तलामा ल्याइएको छ।

शौचालयमा अभियुक्त प्रवेश गर्दा सुरक्षाका कारण ढोका ढप्काइए पनि चुकुल लगाउन दिइँदैन। क्षेत्री शौचालय प्रवेश गरेको १५ मिनेटसम्म उनको सुरक्षामा खटिएको प्रहरी मौन रहनु र तेस्रो तलामा शौचालय हुँदाहुँदै पहिलो तलामा ल्याउनुले घटनालाई थप रहस्यमय बनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले शौचालय जाने बहानामा क्षेत्री झ्याल खोलेर भागेको जानकारी दिँदैे सुरक्षामा खटिएका प्रहरीबाट त्रुटि भएको बताए। नागरिकबाट


  •  
  •  
  •