‘महिला निर्देशक पुरुष भन्दा राम्रो फिल्म बनाउन सक्छन्’

169
  •  
  •  
  •  

फिल्म निर्देशक फराह खानले महिला निर्देशक पुरुष निर्देशक भन्दा राम्रो फिल्म बनाउन सक्ने बताएकी छिन् ।

वलिउडमा सफल महिला निर्देशकको नाम कमाएकी उनले ओम शान्ति ओम, मैं हुँ ना जस्ता अत्याधिक सफल फिल्म बनाइसकेकि छिन् । भारतीय समाजमा महिलालाई हेपिने गरेको  भन्दै पुरुष निर्देशकसँग भिड्न रमाइलो लाग्ने बताएकिछिन् ।

फराहको पछिल्लो फिल्म ‘ह्याप्पी न्यु इयर’ को प्रदर्शन जारी छ  । फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
शाहरुख खान, दिपिका पादुकोण, ज्याकी श्राफ, अभिषेक बच्चन, बोमन इरानी लगायतका कलाकारको मुख्य भुमिका रहेको  ।

फिल्मले अहिलेसम्मको मितिमा सबै भन्दा धेरै कमाउने फिल्मको रुपमा आफुलाइ स्थापित गरेको छ ।
फराह फिल्मकर्मी शिरीष कुन्दरकी श्रीमति हुन् ।


  •  
  •  
  •