धनगढी, २३ पुस (ओएनएस) : अखण्ड सुदूरपश्चिम एकता समाज, जनआन्दोलन परिचालन समितिले राज्य पुनःसंरचना गर्दा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई खण्डित गर्दै अन्य राज्यमा मिलान नगर्न चेतावनी दिएको छ ।
समाजका संयोजक गोपाल देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा सुदूरपश्चिमको कुनै पनि भूभाग अन्य जोड्ने दुस्प्रयास गरिए भयावह परिस्थिति आउने चेतावनी दिईएको छ ।
अघिल्लो संविधानसभा विघटन हुनुअघि सरकारसँग भएका सहमतिको दलहरुलाई स्मरण गराउँदै समाजले विज्ञप्तिमा सुदूरपश्चिमका तराईका यी दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पूरै वा आंशिकरुपमा अलग राज्यमा गाभ्ने दुष्प्रयास गरिएमा त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ ।