सुदुरपश्चिममा एक महिनामा सवारी कारबाहीबाट १६ लाख बढी राजस्व संकलन

204
  •  
  •  
  •  

कञ्चनपुर, ५ बैशाख(ओएनएस) : सुदुरपश्चिममा एक महिनामा सवारी कारबाहीबाट १६ लाख ८१ हजार १ सय रूपैँया राजस्व संकलन भएको छ । चैत्र महिनामा कुल ५ हजार ९ सय १८ सवारी कारबाहीबाट उक्त राजश्व संकलन भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार चैत्र महिनाभरि सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना १ जना गम्भिर भएका छन् भने १० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाइएको छ । सुदुरपश्मिका विभिन्न ठाउमा चैत्र महिनामा ८ वटा सवारी दुर्घटना भएका थिए ।


  •  
  •  
  •