सुदूरपश्चिम बाढी पहिरोको उच्च जोखिममा

205
  •  
  •  
  •  

Supa mapकाठमाडौ, ११ असार(ओएनएस) : लगातार बर्षाका कारण सुदूरपश्चिममा बाढी पहिरोको उच्च जोखिम देखिएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर ५.७ लेवलमा पुगेकाले महाकाली आसपासमा रहेको बासिन्दाहरुलाई सजक रहन स्थानीय प्रशासनले जनाएको छ ।

डडेल्धुराको परशुराम क्षेत्रमा महाकाली नदीको सतह बढेर ५.७ पुगेको र हिजो मात्रै डडेल्धुरामा ४४.२ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित समाचारः

उच्च जोखिममा रहेका सुपका स्थानहरु यी हुन्, हेर्नुहोस् नक्सा

त्यस्तै, सेती नदीको सतह समेत खतराको लेवलमा पुगेकोले नदी किनबरका बासिन्दाहरूले सतर्क सहन स्थानीय प्रशासनले आव्हान गरेको छ । दार्चुला सदरमुकाम क्षेत्रमा नदीमा पानीको वहाब बढेपछि नदी किनारका बस्तीमा त्रास बढेको छ । बर्षा नरोकिँदा तथा नदीको पानीको बहाव बढ्दै जाँदा नदी किनार अपी नगरपालिका–११ बङ्गाबगडस्थित कैलाशपति निम्न माध्यमिक विद्यालय बन्द भएको छ ।

दत्तुमा राखिएको पानी नाप्ने यन्त्रले महाकाली नदीमा पानीको बहाव ५ सय ८० सेन्टिमिटर पुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवँरले जानकारी दिए ।

नेपालगञ्ज डुवानमा

बिहीबार बेलुका देखी परेको अबिरल बर्षाले नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको छ । पानीको निकासको ब्यवस्था र नेपालगञ्ज नगरपालीकाले बेलैमा सजकता अपनाउन नसक्दा नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको हो । रातभर परेको बर्षापछी नेपालगञ्जको धम्बोजी, सेतुबिक चोक, गणेशपुर, बाँकेगाँउ, घरबारीटोल, त्रिबेणीमोड, फुलटेग्रा लगाएतका स्थानहरु डुवानमा परेका छन् ।

नगरका अधिकांश घरहरुमा पानी पसेको छ । नगरक्षेत्रमा पानीको निकासका लागी नेपालगञ्ज नगरपालिकाले ब्यवस्था गर्न नसक्दा थोरै बर्षामा पनि डुवान भएको नेपालगञ्जबासीहरुले बताएका छन् । नेपालगञ्जमा ढल निकासको काम तिब्र रुपमा भैरहेपनी निकासका लागी बेलैमा काम सम्पन्न गर्न नसक्दा अधिकांस भुभागहरु जलमग्न बनेका छन् ।

ठाँउठाँउमा निर्माण कम्पनीहरुले नाला खनेर निकासको ब्यवस्था नगरिदिँदा धेरै डुवान भएको हो । जसका कारण स्थानीयहरुले सास्ती बेहोर्नु परेको छ । नेपालगञ्जमा ढल निकास र सडक निर्माणका लागी कालिका कन्ट्रक्सन र पप्पु कन्ट्रक्सनले काम गरिरहेका छन् ।


  •  
  •  
  •