सुदूरपश्चिमका कलाकार र कला राजधानीमा

160
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस) : सुदूरपश्चिम गौराको तयारीमा डुबिरहेका बेला त्यहाका हुड्केली, भुवो, बलोनाच अब काठमाडौंमा पनि हेर्न पाइने भएको छ । गौरा पर्वको पूर्वसन्ध्यामा आइतबार सुदूरपश्चिमका कलाकारहरु राजधानीमा डेउडा महोत्सव गर्दै छन् । बाजुरा सांस्कृतिक प्रतिष्ठानको आयोनामा जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सव हुन लागेको हो । महोत्सवमा देउडा, हुड्केली, भुओ, बालोनाच, हास्यव्यंग्य, फोटो प्रदर्शनी लगायत प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालबहादुर थापाले बताए । सुदूर तथा मध्यपश्चिम क्षेत्रको भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न महोत्सवको आयोजनागरिएको थापाको भनाइ छ । कार्यक्रममा नन्दकृष्णजोशी, यज्ञराज उपाध्याय, सुरेश शाही, महेश औजी, लालबहादुर थापा, विनोद बाजुराली, रामचन्द्र काफ्ले, मिलन लामालगायतका प्रस्तुति रहनेछन् । यसअघि प्रतिष्ठानले हरेक वर्ष बाजुरामै यस्ता कार्यक्रमगर्दै आएको थियो । आफ्नो भाषा, कला र संस्कृतिको राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न राजधानीमा यो कार्यक्रमगर्न लागिएको थापाले बताए ।


  •  
  •  
  •