उवा र फारपर लुछाचुडी

491
  •  
  •  
  •  

काठमाडौं, साउन ९ : सरकारले चालु आर्थिक वर्ष कर्णालीको स्थानीय उत्पादन खरिद गर्न ४५ लाख रुपैयाँ छुट्याएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष कर्णालीबाट सोही रकमबराबरको स्थानीय उत्पादन गरिद गर्ने भएको हो । गतवर्ष १५ लाख रुपैयाँ छुटयाएको थियो । बजेट पारित भएपछि स्थानीय उत्पादनको संकलन कार्य सुरु गरिने संस्थानले जनाएको छ ।

गत वर्ष परीक्षणस्वरूप संस्थानले कर्णालीका विभिन्न जिल्लामा उत्पादित थोरै खाद्यान्न खरिद गरी राजधानी ल्याएर बिक्री गरेको थियो । संस्थानले स्थानीय सिमी, तीतेफापर र उवा राजधानीमा ल्याएर बिक्री गरेको हो । उल्लिखित खाद्यान्नप्रति राजधानीवासीको अत्याधिक आकर्षण देखिएपछि उत्साहित बनेको संस्थानले यस वर्ष आपूर्ति बढाउने भएको छ । यस वर्ष सिमी, फापर, उवालगायतका खाद्यान्न एक सय क्वीन्टलभन्दा बढी ल्याउने तयारी भइरहेको नेपाल खाद्य संस्थानका नायव महाप्रबन्ध नवराज उपाध्यायले जानकारी दिए ।

संस्थानले सबैभन्दा पहिले कर्णालीको सिमी राजधानी भिœयाएको थियो । सबै सिमी तीन दिनमै बिक्री भएको थियो । त्यसपछि ल्याएको फापर र उवा पनि हारालुछ भएपछि संस्थानले यस वर्ष कर्णालीमा उत्पादित सबै खाद्यवस्तु खरिद गर्ने भएको छ । यस वर्ष हिमाली Ôेत्रको उच्च पोÈणयुक्त खाद्यान्न फापर उवा र सिमीका अतिरिक्त चिनो र कागुनो ल्याउने तयारीमा रहेको संस्थानले गत वर्ष कर्णालीमा उत्पादित उवा साढे १० क्वीन्टल र फापर सात क्वीन्टल ल्याएको थियो भने करिब १५ क्वीन्टल सिमी ल्याएको थियो ।

स्थानीय कृÈकलाई प्रोत्साहन गरी उत्पादनमा वृद्धि गराउने उद्देश्यले कर्णालीको खाद्यान्न नाफा नराखी बिक्री गरिने संस्थानका नायव महाप्रबन्धक उपाध्यायले बताएका छन् ।

संस्थानले उवा प्रतिकेजी ८० रुपैया“मा खरिद गरेकोमा प्रतिकेजी एक सय पाँच रुपैयाँमा बिक्री गरेको थियो । संस्थानका अनुसार उवाको ढुवानी, सरसफाइ र केलाएको खर्च जोडेर नाफा नखाई बिक्री गरिएको हो । त्यस्तै फापर प्रतिकेजी एक सय १० रुपैयाँमा बिक्री गरेको थियो भने सिमी प्रतिकेजी एक सय १० रुपैयाँमा खरिद गरी एक सय ५० रुपैयाँमा बिक्री गरेको थियो । उवा र गहु“जस्तै खाद्यान्न भए पनि गहुँभन्दा बढी पोषिलोे हुन्छ ।

सातुका रूपमा प्रयोग गरिने उवाको पीठो पाउरोटी र रोटी मिसाएर पनि प्रयोग गर्न सकिन्छ । नायव महाप्रबन्धक उपाध्यायका अनुसार उवामा भातमा भन्दा धेरै पौष्टिक तŒव हुन्छ । विश्व बजारमा उवाको प्रयोग सुरु भएको धेरै वर्ष भएको छैन । करिब ६०–७० को दशकदेखि मानिसले यसको उपयोग गर्न थालेका हुन् । त्यसअघि उवालाई घोडाको दानाका रूपमा प्रयोग गरिन्थ्यो । अन्य घोडाको तुलनामा उवा खाने घोडा निकै बलियो  देखिएपछि यसप्रति मानिसको आकर्षण बढेको बताइन्छ ।

त्यस्तै फापर मीठे र तीते गरी दुई प्रकारको हुन्छ । राजधानीको बजारमा पाइने मीठे फापर धेरैजसो भारतबाट आयात हुने गरेको छ । मीठेफापर बजारमा सहजै रूपमा उपलब्ध हुने भए पनि तीतेफापर दुर्लभ रहेकाले राजधानीमा पाउन मुस्किल छ । तीतेफापर सुगर र युरिक एसिडमा औÈधिका रूपमा प्रयोग हुन्छ । संस्थानले कर्णालीको कृषिउपज खरिद गर्न थालेपछि किसानहरू उत्पादन बढाउन उत्साहित भएको नायव महाप्रबन्धक उपाध्यायले बताए ।


  •  
  •  
  •