माछा खाँदा एकै परिवारका ११ जनालाई प्यारालाइसिस

761
  •  
  •  
  •  

puffer-or-fugu-fishकाठमाडौ, ९ कात्तिक (एजेन्सी) : खानामा माछाको परिकार खाँदा एकै परिवारका ११ जनालाई प्यारालाइसिस भएको छ । पफर फिस नामक विषालु माछा खाँदा ब्राजिलको रियो दी जेनेरियोमा एकै परिवारका ११ जना अस्पतालमा भर्ना भएका छन् ।

पफर फिस निकै नै विषालु हुने गर्दछ । यसमा साइनाइड जस्तो विषभन्दा पनि १ हजार २ सय गुणा विषालु हुन्छ, जसको एक मात्र थोपाले मानिसको २४ घन्टाभित्र नै ज्यान जान सक्छ । त्यहाँको सोजा परिवारलाई उक्त परिवारको एक साथीले उक्त माछा गिफ्टका रूपमा दिएका थिए । ती व्यक्ति केही समय अघि ब्राजिलको समुन्द्री किनारमा माछा समात्न गएका थिए ।

गिफ्टमा आएको उक्त पफर फिस यति खतरानाक हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन । पहिलो टुक्रा खाएको केही सेकेण्डभित्रै परिवारका सबै सदस्य उल्टी गर्न थालेका थिए । उनीहरूको अनुहार, हात र खुट्टामा प्यारालाइसिस भएको थियो । तीनदेखी पाँच वर्षका बच्चाहरू सहित अधिकांश पीडित अस्पताल जानका लागि कारसम्म पुग्न पनि नसक्ने अवस्थामा पुगेका थिए ।

यो माछा खाने परिवारलाई अस्पताल भर्ना गरेपछि उनको पेट खाली गरिएको थियो र पछि विषलाई कम गराउनका लागि एक्टिभेट चारकोल दिइएको थियो । विष निकाल्ने समयसम्म पीडितलाई लाईफ सपोर्ट सिस्टममा राखिन्छ । जापानमा पफर फिस निकै स्वादिष्ट बनाउने गर्छन् । तर, यो माछा पकाउँदा विषेश ख्याल गर्ने गरिन्छ । तीन वर्षको प्रशिक्षण पाएपछि मात्र कुनै व्यक्तिलाई क्वालिफाइड शेप भन्ने गरिन्छ र उसले मात्र उक्त माछालाई विषमुक्त बनाएर पकाउँन सक्छ ।


  •  
  •  
  •