आज पहिलो परिवार नियोजन दिवस

119
  •  
  •  
  •  

काठमाडौं २ असोज । सरकारले आज आज पहिलो परिवार नियोजन दिवस मनाउनो भएको छ ।  “व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार” भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागिएको हो । जुम्लामा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।   जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाको सहयोगमा दिवस मनाउन लागिएको हो ।

स्वास्थ्यचौकी कुडारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको मातृ शिशु स्वास्थ्य सेवा केन्द्र (एमसिएच क्लिनिक) मा परिवार नियोजन सम्बन्धीका सबै सेवा दिइने भएको छ । एक पटक लगाएपछि १२ वर्षसम्म गर्भ रोक्ने कपर टी र ५ वर्षसम्म गर्भ रोक्ने इम्प्लान्ट लगाउनुका साथै परिवार नियोजन सम्बन्धीका अस्थायी साधनहरु समेत उपलब्ध गराइने बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापाले जानकारी दिए ।


  •  
  •  
  •