सोनिया गान्धी र भारतीय प्रधानन्त्री मोदी गरिबीको रेखामुनी !

323
  •  
  •  
  •  

काठमाडौ, २६ चैत(एजेन्सी) : महाराष्ट्रको विधानसभामा भारतीय जनता पार्टीका विधायक पाण्डुरंग फुण्डकरले भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही ठूला नेताहरूको जाली राशन कार्ड सदनमा पेश गरेर हंगामा मचाइदिएका छन् ।

narendra-modi-sonia-gandhiफुण्डकरले जाली राशन कार्डमार्फत सरकारी सुविधाहरूको गैरकानुनी प्रयोग भइरहेको विषयलाई सदनमा उठाएका थिए । उनले युपिए‍ अध्यक्ष सोनिया गान्धी तथा प्रधानमन्त्री मोदीसमेत मुख्यमन्त्री देवेन्द्र फडनवीस, खाद्य तथा नागरी आपूर्ती मन्त्री गिरिष बापट, विधानसभामा विपक्षी नेता राधाकृष्ण बिखे पाटील तथा विधान परिषद्का विपक्षी नेता धनन्जय मुण्डेको नाम रहेका जाली राशन कार्ड पेश गरेका थिए ।

ती सबै राशन कार्ड केसरी रंगका छन्, जुन कार्डले उक्त व्यक्ति गरिबीको रेखामुनी रहेको संकेत गर्छ । यी राशन कार्डमा राखिएको जानकारी अनुसार यी सबै मानिस विदर्भको बुलढाना जिल्लाका खामगाऊँ तहसील निवासी हुन् र उनीहरूको वार्षिक आय गरिबीको रेखाभन्दा मुनी देखाइएको छ ।

फुण्डकरले यस तरिकाको बोगस राशन कार्ड बनाएर गरिबहरूका लागि चलाइएको सरकारी योजनाहरूको दुरूपयोग भइरहेको छ । यस्तै, यी राशन कार्डमार्फत बोगस मतदाता तयार गर्ने कारोबार पनि चलिरहेको छ ।

यसमाथि खाद्य तथा नगर आपूर्ती मन्त्री गिरीष बापटले जाँच गरेर दोषी अधिकारीहरूलाई सस्पेन्ड गर्ने घोषणा गरेको छ ।


  •  
  •  
  •