नक्कली डिएसपी पक्राउ

70
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) : राष्ट्रिय अनुसन्धान विभागको डिएसपी बनेर ठगि गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा गोर्खा तान्द्राङका दिपक प्रसाद ढकालाई पक्राउ गरको हो ।

गोर्खाको दीपक प्रसाद ढकाल टुहुरो रहेको र उनको मुटुको सर्जरी गर्ने भन्दै रकम उठाएको र रकम नदिनेलाई आफू डिएसपी हुँ भन्दै सहयोग नगरे काम गरेर खान नसक्ने अवस्था बनाईदिने भन्दै धम्काएको प्रहरीले जनाएको छ ।

ढकालले ४ बर्षदेखि अनेक वाहानामा ठगेको र पत्रकारको परिचय दिएर पनि ठगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि महानगरीय प्रहरी परिसर हनुमानढोका, काठमाण्डौं पठाईएको ब्युरोले जनाएको छ । ढकालबाट ठगिएकाले सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।


  •  
  •  
  •