नक्कली नोट छाप्ने प्रिन्टर बरामद

215
  •  
  •  
  •  

दाङ, १९ मंसिर (ओएनएस) : नक्कली नोटसहित पक्राउ परेका ललितपुर लुभु बस्ने दाङ नारायणपुर–९ घर भएका १७ बर्षीय आशिष चौधरीको घरबाट प्रहरीले थप नक्कली नोट तथा कम्पुटर, प्रिन्टर लगायतका सामानहरु बरामद गरेको छ ।

काठमाडौँ महानगरपालिका–२९ नयाँबसपार्कस्थित सन्तकुमारी शर्माको फेन्सी पसलमा बुधबार नक्कली रुपैयाँ देखाई कपडा किनबेच गरीरहेको अवस्थामा प्रहरीले निजलाई ५ सय दरका नक्कली नेपाली नोट १५ थानसहित पक्राउ गरेको थियो ।

प्रहरीले विहिबार निजको दाङस्थित नारायणपुर–९ बुटलियामा रहेको घर तलासी गर्दा कम्प्युटर प्रिन्टर पेपरमा छापिएको ५ सय दरको नेपाली नक्कली नोट २० थान, ल्यापटप १ थान, फोटोकपी मेसिन १ थान, कम्प्युटर प्रिन्ट पेपर १ बन्डल, फोटोपेपर १ बण्डल, कम्प्युटर प्रिन्टर पेपरका काटिएका टुक्राहरु ३८ थान, ल्यापटपको चार्जर र माउस १र१ थानसमेत बरामद गरेको छ । निजलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्दा खोटाचलन मुद्धामा म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।


  •  
  •  
  •