अपहरणको नाटक गरी आफ्नै बाबुसंग फिरौती माग गर्ने पक्राउ

144
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : अपहरणको नाटक गरी आफ्नै बाबुसंग फिरौती माग गर्ने सप्तरी ईटहरी बिष्णुपुर–३ घर भै हाल ललितपुर ईमाडोल–६ बस्ने १७ बर्षीय अन्जन ठाकुरलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर सानागाँउबाट पक्राउ गरेको हो ।

ठाकुरले चैत्र १४ गते बिहान आफ्नै बाबु कृष्ण बल्लभ ठाकुरको मोवाइलमा फोन गरी “तेरो छोरा हाम्रो नियन्त्रणमा छ, छोरालाई सकुशल छुटाउनु छ भने नगद १५ लाख रुपैया फिरौती रकम दे” भनी फिरौती रकम माग गरेका अनुसन्धानबाट खुलेको छ ।

अन्जन ठाकुरले आफ्नो बाबुसंग रकम असुल उपर गर्नको लागि आफू अपहरणमा परेको भनी आफ्नो बुबालाई आफैले फोन गरी भ्रममा पारी अपहरणको नाटक गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •