नक्कली डाक्टर भट्टराई प्रहरीको फन्दामा

746
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : झापामा एक नक्कली डाक्टर प्रहरीको फन्दामा परेका छन्। आफू डाक्टर हुँ भन्दै नेपाली बिरामीलाई सीमावर्ती भारतीय क्लिनिकमा लगेर उपचार गराउने स्थानीय भूपेन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले भट्टराईलाई बिर्तामोडबाट पक्राउ हो। भट्टराईले भारतीय क्लिनिकमा पु¥याएका एक बिरामीको अवस्था बिग्रिएपछि बिरामीका अफान्तले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले सोही उजुरीको आधारमा भट्टराईलाई पक्राउ गरेको हो।

उनले काँकडभिट्टामा सहायक विशेषज्ञ भएको भन्दै बोर्ड टाँसेका थिए। भट्टराईले बिरामीहरुको ग्यारेन्टीका साथ उपचार गराउने भन्दै सीमा पारिका क्लिनिकहरुमा लैजाने गरेको डिएसपी कोइरालाले बताए।

पक्राउ परेका भट्टराईले आफू १० कक्षा मात्र पढेको र भारतीय क्लिनिकका सञ्चालकले भनेर बोर्डमा विशेषज्ञ सहायक लेखाएर टाँसेको स्विकारेका छन्। पक्राउ परेपछि उनले भारतीय क्लिनिकहरुले धेरैलाई ठगी गर्दै आएको बताए।
भट्टराईविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •