काठमडौं १६ माघ (ओएनएस) : काभ्रेमा एक घरमा गएराती आगो लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । पनौती नगरपालिका वडा नम्बर १० सुनथानमा गएराति विनोद केसीको घरमा आगो लाग्दा सुतिरहेका केसी सहित ३ जनाको जलेर मृत्यु भएको हो । मध्यरातमा आगोलागि हुदाँ ३५ बर्षीय केसी, उनकी ३२ बर्षीया श्रीमति भगीरथ केसी र १० बर्षीया छोरा विविन केसीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
राती १ बजेतिर स्थानीयबासीले केसीको पक्की घरको छतमा राखेको जस्ता र बाँस जलेर पड्किएको थाहा पाएका थिए । स्थानीयबासी र प्रहरी मिलेर राती नै उद्धारको कार्य सुरु गरे पनि उनीहरुको घरभित्रै जलेर मृत्यु भइसकेको थियो ।
करेन्ट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने यकिन विवरण आइसकेको छैन । आगोले अन्य घरहरुमा क्षति नपु¥याएपनि घटनाको पूरै विवरण आउन अझै बाँकी रहेको काभ्रेका प्रहरी प्रमूख, प्रहरी उरीक्षक पूजा सिंहले बताइन ।