एक सयभन्दा डढेलो बस्तिको नजिकै रहेकाले जोखिम उच्च देखिएको छ । सिन्धुलीमा ४० टहरा, उदयपुरमामा दुईवटा घर बनमा लागेका डढेलो बस्तिमा पसेका जलिसकेका छन् ।
काठमाडौं २० चैत (ओएनएस) सुक्खायामसँगै आउने हावाहुरीका कारण मुलुकभर आगलागी र डढेलोका घटना बढेका छन् । एकै समयमा ४ सयभन्दा बनमा डढेलो लागेको छ । आइतबारदेखि सोमबारसम्म २४ घन्टाको अवधिमा मुलुकभरिका ४ सय ५२ स्थानको वनमा डढेलो लागेको छ । एक साताको अवधिमा मुलुकको कुल वन क्षेत्रमध्ये २० प्रतिशत क्षेत्रफल अर्थात् झन्डै १३ लाख हेक्टरभन्दा बढी वनमा आगो लागेको छ । अधिकांश वनको आगो अनियन्त्रित बनेको छ । एक सयभन्दा डढेलो बस्तिको नजिकै रहेकाले जोखिम उच्च देखिएको छ ।सिन्धुलीमा ४० टहरा, उदयमा दुईवटा घर बनमा लागेका डढेलो बस्तिमा पसेका जलिसकेका छन् । कपिलबस्तुमा बस्ति नजिकै पुगेको छ ।
दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक तथा डढेलो विज्ञ सुन्दर शर्माले डढेलो हावाको बेगसँगै बढेकाले नियन्त्रणमा समस्या भएको जानकारी दिनुभयो । अमेरिकी अन्तरिक्ष संस्था नासाको भूउपग्रह प्रविधिले राष्ट्रिय र सामुदायिक दुवै वनमा डढेलो लागेको देखाएको छ ।
मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका वनमा डढेलो लागेको छ । पछिल्लो समय पानी नपरेको र तराई क्षेत्रमा ज्यादा हावाहुरी चलेका कारण वनको आगो नियन्त्रण ल्याउन कठिन भएको विभागका महानिर्देशक रेशमबहादुर डाँगीले बताए ।
सिन्धुली, रूपन्देही, कपिलवस्तु र आर्घाखाँचीको सीमा क्षेत्रभन्दा पूर्वी भागबाट मध्य नेपालसम्मका ४ सयभन्दा बढी वनमा अहिले आगलागी भइरहेको छ ।रौतहट पर्सा, अछाम, बाँके, बर्दिया, दाङ, कैलाली, काभ्रे, खोटाङ, चितवन, सल्यान, सुर्खेत, गोरखालगायतका जिल्लामा पनि डढेलो सक्रिय छ ।
इलाम, झापा, सुनसरीलगायतका वन क्षेत्रमा अन्य क्षेत्रभन्दा कम आगलागी भएको छ । सरकारसँग वनको आगो नियन्त्रणमा लिने एउटा पनि उपकरण र प्रविधि नभएका कारण निभाउन समस्या भएको डाँगीले बताए ।
वनमा आगो लाग्नुका पछाडि विभिन्न कारण हुने भए पनि नेपालको हकमा धेरैजसो आगो मानव सिर्जित कारणले नै लाग्ने गरेको देखिन्छ । ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको अध्ययनले देखाउँछ । डढेलो विज्ञ शर्माले जंगल र वस्तिको २० मिटरको भाग बोट, विरुवा झारपात नहुनेगरि सफा राख्ने जंगलको डढेलोबाट बच्न सकिने ओएनएसलाई बताए ।