फेरि जल्यो फुङलिङ बजार

200
  •  
  •  
  •  

काठमाडौं १० चैत (ओएनएस) :  ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भिषण आगलागी हुँदा करिव सय परिवार विस्थापित भएका छन् । केही सरकारी कार्यालय पनि जलेका छन् । सोमबार साँझदेखि भएको आगलागीका कारण चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् ।

९० परिवार विस्थापित भएका छन् । करीव साढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् ।  फुङलिङ बजार स्थित पूर्वेली होटल अर्थात (पुरानो झापा होटल) बाट सुरु भएको भनिएको आगो क्षण भरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो ।

पूर्वेली होटलबाट वीरेन्द्र चोकतर्फका घरमा फैलिएपछि स्थानीयले नरेन्द्र गुरुङको घर भत्काएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, घर भत्काउन नभ्याउँदै दायाँबायाँका घरमा आगो सल्किएको थियो ।  तोक्मे डाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका सबै घर जलेका छन् । तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् ।

आगलागीबाट जिल्ला विकास समिति कार्यालयको पुरानो भवन, ऊर्जा तथा वातावरण शाखाको कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय जलेका छन् ।  २०६०  सालमा पनि विरेन्द्र चोकमा आगलागि भएको थियो । त्यसवेला ४१ घर जलेका थिए । ५१ करोड बढी क्षती भएको थियो ।


  •  
  •  
  •