फेसबुकको नयाँ सुविधा, भिडियो हेर्ने तरिकामा परिवर्तन

93
  •  
  •  
  •  

facebookकाठमाडौ, साउन(एजेन्सी) : फेसबुकमा दैनिक रुपमा शेयर गरिने र हेरिने भिडियोहरूको संख्या करिब ४ अर्ब भन्दा बढी भइसकेको छ । कम्पनीले यसको संख्या अझ थप्नका लागि एउटा अर्को नयाँ सुविधा थप्ने भएको छ । ‘टेकक्रन्च’ वेबसाइटका अनुसार फेसबुकले ‘वाच लेटर’ सुविधा थप्ने भएको छ । ‘वाच लेटर’ अर्थात् ‘पछी हेर्नुस्’ सुविधामार्फत फेसबुकले भिडियोको संख्या बढाउन चाहन्छ ।

यो सुविधा भिडियो हेरिरहेको समयमा भिडियोमा क्रसर लगेपछि माथिल्यो दायाँ भागमा एउटा बटन देखिन्छ । यो बटनलाई क्लिक गरेर प्रयोगकर्ताले उक्त भिडियो सेभ गरेर राख्न सक्छ र आफूले फुर्सद पाएको अवस्थामा हेर्न सक्छ । यो सुविधा युट्युबमा पहिलेदेखीनै रहेको च ।

‘वाच लेटर’ बटन मा क्लिक गरेपछि भिडियो प्रयोगकर्ताको ‘सेभ्ड फोल्डर’मा सेभ हुन्छ । यसले फेसबुकमा भएका भिडियोहरू आफूले चाहेको समयमा हेर्न सकिने छ । भिडियो तत्काल हेर्नुपर्ने अवस्थालाई फेसबुकले परिवर्तन गरेपछि फेसबुकमा थप भिडियोहरू अपलोड हुने अनुमान कम्पनीले गरेको छ ।


  •  
  •  
  •