प्रयोगकर्तालाई बैंकिङ सेवा दिने फेसबुकको तयारी

363
  •  
  •  
  •  

काठमाडौं, ३ बैशाख । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि इलेक्ट्रोनिक पेमेन्ट र रकम डिपोजिट गर्ने सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार फेसबुकले वित्तिय सेवा सुरु गर्नका लागि सेन्ट्रल बैंक अफ आयरल्याण्डसँग स्वीकृति मागेको छ । फेसबुकले दिने भनेको वित्तिय सेवामा इलेक्ट्रनिक मुद्रा र रकम स्थानान्तरको पनि सुविधा छ ।
यसको अर्थ अब सेवा सुरु भए फेसबुकबाट पैसा जम्मा पार्न, स्थानान्तर गर्न र अनलाइन सपिङ गर्न सकिन्छ । यसले खास गरी विदेशमा बसेर काम गर्ने देशका नागरिकलाई सहयोग पुग्ने अपेक्षा फेसबुकले गरेको बताइएको छ ।
फेसबुकले स्वीकृति मागेको सेन्ट्रल बैंक अफ आयरल्याण्डले भने यसबारे केही बताउन चाहेको छैन । एजेन्सीको सहयोगमा

  •  
  •  
  •