मोबाइलमा फेसबुक चलाउनेलाई फेसबुकको नयाँ सुविधा

69
  •  
  •  
  •  

facebook-logoकाठमाडौ, १८ भदौ (एजेन्सी) : फेसबुकले शुक्रबार मोबाइलबाट फेसबुक चलाउने प्रयोगकर्ताहरूलाई पुराना पोष्टहरू खोज्नकालागि नयाँ सुविधा दिने भएको छ ।

फेसबुक प्रयोगकर्ताले आफूले पोष्ट गरेका पुराना पोष्टहरू सर्च गरेर खोज्न सक्ने सुविधा फेसबुकले दिने भएको छ । पोष्टमा भएका केही किवर्डहरूबाट नै पुराना पोष्टहरू खोज्न सकिने भएपछि पुरानापोष्ट खोज्नका लागि मोबाइलबाट तलसम्म जानु पर्ने झन्झटबाट प्रयोगकर्ताले छुटकारा पाउने भएका छन् ।

यो सुविधा अहिले निर्माण भइरहेको छ । अहिले मात्र केही प्रयोगकर्ताले मात्र उक्त सुविधा टेष्ट गर्न पाईरहेका छन् । यसअघि फेसबुकले पुराना पोष्टहरू खोज्नका लागि सहज होस् भन्नका लागि ग्राफ सर्चको सुविधा ल्याएको थियो ।

फेसबुकले ल्याउने सर्च गर्ने सुविधा प्रयोगकर्तालाई कतिको मन पर्ने हो त्यो भने फेसबुकले यो सुविधा सुचारू भएपछि मात्र थाहा हुनेछ ।


  •  
  •  
  •