विश्वकप फुटबलको फाइनलद्धारा फेसबुक र ट्विटरमा नयाँ रेकर्ड

411
  •  
  •  
  •  

काठमाडौ, ३१ असार । विश्वकप फुटबल २०१४ जर्मनीले जित हात पार्दै सम्पन्न भएको छ । अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधी कब्जा गरेको छ ।
फाइनल खेलका क्रममा ट्विटर र फेसबुकमा निकै टिकाटिप्पणीहरू भएका थिए ।
फेसबुक र ट्विरमा फाइनल खेलको बारेमा भएको उक्त टिकाटिप्पणीले नयाँ रेकर्ड नै कायम गरेको छ । फेसबुक र ट्विटरमा भएको टिकाटिप्पणी अहिलेसम्म कुनै विषयमा भएको टिकाटिप्पणीमध्ये सबैभन्दा धेरै हो । फेसबुकमा जर्मनी र अर्जेन्टिनाबीचको फाइनलका विषयमा करिब २ सय ८० मिलियन टिकाटिप्पणी भएका थिए भने ट्विटरमा ३१–१ मिलियन ट्विट भएका थिए ।
ट्विटरमा प्रति मिनेट ६ लाख १८ हजार ७ सय २५ वटा ट्विट भएका थिए । यसअघि ब्राजिल र जर्मनीबीचको सेमिफाइनल खेलमा प्रति मिनेट ३८ हजार ५ सय ५९ वटा ट्विट भएका थिए ।
खेल अवधिभर फेसबुकमा करिब ३ बिलियन टिकाटिप्पणी भएका थिए । फाइनल खेल सकिएपछि सामाजिक सञ्जालमा मारियो गोट्जेका बारेमा सबैभन्दा धेरै टिकाटिप्पणी भएका थिए । तर, प्रतियोगिता अवधिभर ब्राजिलका नेयमारको बारेमा सबैभन्दा बढी टिकाटिप्पणी भएका थिए ।
फेसबुकमा कुन विषयमा कति टिकाटिप्पणी भए ?

top interaction


  •  
  •  
  •