फेसबुकले गिफ्ट पसल बन्द गर्ने, सामान बेच्न नयाँ उपाय

266
  •  
  •  
  •  

facebook-logoकाठमाडौ, १४ साउन(एजेन्सी): फेसबुकले आफ्नो दुई वर्ष पुरानो गिफ्ट पसल बन्द गर्ने भएको छ । आगामी अगस्त १२ देखी विश्वको सबैभन्दा ठुलो सामजिक सञ्जालले उक्त सेवा बन्द गरी त्यसको विकल्पमा अन्य उपाय अपनाउने जनाएको छ ।

कम्पनीले भनेको छ, ‘हामीले गिफ्ट बेच्दा अहिलेसम्म जानेका तथा सिकेका कुराहरू नयाँ उपाय अपनाउने छौ । यसले हाम्रो व्यापारलाई सहज बनाउने छ र हाम्रा डेभेलपरहरूलाई उक्त गिफ्ट वेवसाइट वा मोबाइल वा फेसबुकबाटै सोझै बेच्न सहज हुनेछ ।’

फेसबुकको गिफ्ट पसल गत सन् २०१२ मा खोलिएको थियो । तर, उक्त सेवामार्फत भौतिक सामग्री बेच्न एक वर्षपछि नै चोडेका थिए । उनीहरूले मात्र गिफ्ट कार्डहरू बेच्ने गरेका थिए ।

यो महिनाको सुरूवाततिर फेसबुकले फेसबुकमा एउटा ‘Buy’ बटन निर्माण गर्न लागेको बताइएको थियो । यसले फेसबुकमार्फत सामानहरू किन्न सकिने व्यवस्था गरिने बताइएको थियो ।


  •  
  •  
  •