अब नाम फेरेर च्याट गर्नुस् फेसबुकमा

269
  •  
  •  
  •  

facebookफेसबुकले चाँडै नै एउटा यस्तो एप्लिकेशन ल्याउँदैछ, जसको प्रयोग गरेर तपाईले आफ्नो बारेमा केही नबताइकनै तपाई फेसबुकमा च्याट गर्न सक्नुहुनेछ । तर, फेसबुकमा एकाउण्ट खोल्न वा एक्टिभ हुनका लागि आफ्नो पुरै जानकारी दिनुपर्छ ।

‘दी न्युयोर्क टाइम्स’मा प्रकाशित समाचारका अनुसार यो मोबाइल एप्लिकेशनले प्रयोगकर्तालाई अन्य प्रयोगकर्तासँग च्याट गर्न दिन्छ । यसका साथै प्रयोगकर्ताले विभिन्न स्टाटस बेनाम भएर शेयर गर्न सकिन्छ । यो एप्लिकेशनले बेनाम रहेर नै प्रयोगकर्तालाई च्याटको सुविधा दिन्छ र वास्तविक पहिचानलाई लुकाइदिन्छ ।

यो एप आगामी हप्ता सार्वजनिक हुने बताइएको छ र यसबाट नाम नबताइकन अन्य प्रयोगकर्तासँग कुरा गर्न सकिन्छ । तर, यस एप्लिकेशनबारे पूर्ण जानकारी भने दिइएको छैन् । यो फेसबुकको म्यासेजिङमा मात्र सिमित हुने या सम्पूर्ण फेसबुक नै यसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे केही बताइएको छैन् । फेसबुक कम्पनीले यस एप्लिकेशनका लागि विगत १ वर्षदेखी काम गरिरहेको बताइएको छ ।


  •  
  •  
  •