काठमाडौ, ७ असोज(एजेन्सी) : फेसबुक कम्पनीले ३६० डिग्री भर्चुअल रियालीटी भिडियो सुविधाको आधिकारिक घोषणा गरेको छ ।
अब ३६० डिग्रीमा बनेका भिडियो फेसबुकमा हेर्न सकिने छ । यसका माध्यमबाट भिडियोलाई जुनसुकै दिशामा हेर्न सकिनेछ । यसका लागि फेसबुकले सुविधामा एउटा न्याभिगेशन बटन राखेको छ, जसको माध्मयबाट भिडियोको एंगललाई परिवर्तन गर्न सकिन्छ ।
फेसबुकका भिडियो इन्जिनियरिङ निर्देशक मेहर सबाले फेसबुक ब्लगमा लेखेका छन् की फेसबुकमार्फत हाम्रो उदेश्य प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण रहेका मानिस र सामानसँग जोड्न सहज हुनेछ । उनले फेसबुकको न्युज फिडमा थ्री डी कन्टेन्टलाई धेरै रूचाईएको पाइएको बताउँदै यही कारणले आफूहरुले ३६० भर्चुअल रियालिटी भिडियोको सुरूवात गरेको बताएका छन् ।
फेसबुकका अनुसार यो सुविधा सार्वजनिक भएपछि नै केही प्रकाशकले ३६० डिग्रीका भिडियो फेसबुकमा राख्न थालेका छन् । यो सुविधा वेब
ब्राउजर र एण्ड्रोइड एप्लिकेशनमा सबैभन्दा पहिले सुरू गरिँदैछ । आईओएसका लागि यो सुविधआ केही महिनामा सुरू हुनेछ ।