अब आइप्याडमा पनि फेसबुक मेसेन्जर

146
  •  
  •  
  •  

काठमाडौं, २० असार (एजेन्सी) । आइप्याड चलाउनेहरूका लागि खुसीको खबर छ । आइप्याड बोकेर हिड्दा पनि फेसबुक चलाउन नपाउँदा धेरैको गुनासो सुनिने गर्थ्यो तर अब यो समस्या समाधान भएको छ ।

आइप्याड बोकेर हिड्दा फेसबुक मेसेन्जर पनि चलाउन पाइने भएपछि अब आइप्याड प्रयोगकर्ताले फेसबुक चलाउन नपाएको गुनासो गर्नु नपर्ने भएको छ । फेसबुकले आजमात्र IOS versin 7.0 का लागि फेसबुक म्यासेन्जर अपडेट गरेको छ । यति मात्र नभई फेसबुकले भिडियो समेत सुट गर्न मिल्ने एप्लिकेशनको निर्माण गरी स्मार्टफोन र ट्याब्लेटमा प्रयोग गर्न मिल्ने बनाएको छ ।

फेसबुकले सामजिक सञ्जालमा आबद्ध सबै प्रयोगकर्तालाई सहजै म्यासेन्जरमा जोड्न सकिने प्रविधी समेत तयार गरेको छ ।  फेसबुक मेसेन्जरको एप्लिकेशन आईफोन, आईप्याड टच र आइप्याडमा इन्स्टल गरिएपछि फेसबुकले निकै राम्रो बजार लिने आशा गरिएको छ । आइप्याडमा ताजा घटना, ग्रुप, मानिसहरू र सेटिङको ट्याब स्क्रिनको दाँया भागमा देखिने छ भने अहिले भइरहेको च्याटको विवरण स्क्रिनको दाँया भागमा देखिने छ । आइप्याडमा अन्य विभिन्न कलात्मक फेसबुक स्टिकरहरू पनि प्रयोग गर्न सकिन्छ ।


  •  
  •  
  •