फेसबुकले ल्यायो ग्रुप्स एप, हाकिमलाई झुक्याएर गर्नुस् च्याट

129
  •  
  •  
  •  

facebook-group-appहामी आफ्नो परिवारजन, साथीहरूसँग एकसाथ जोडिनका लागि फेसबुकको ग्रुप्सको प्रयोग गर्ने गर्छौ । तर, यी ग्रुप्सहरुलाई मोबाइलमा चलाउन भने केही अप्ठ्यारो हुने गर्छ । तर, फेसबुकले यस्तो अप्ठ्यारोलाई सहज बनाउनका लागि फेसबुक ग्रुप्स एप्लिकेशन सार्वजनिक गरेको छ । अब साथी या आफन्तसँग ग्रुपमा कुरा गर्नका लागि यस एप्लिकेशनले सहज बनाउने छ ।

कसरी काम गर्छ फेसबुक ग्रुप्स एप्लिकेशनलेः

–    जब तपाईले उक्त एप्लिकेशन खोल्नुहुन्छ तपाईको सबै ग्रुप एक साथ देखीन्छन् र आफूलाई जुन ग्रुपसँग कुरा गर्नुछ या कुरा गर्ने मन छ तीनै ग्रुपसँग सहजै कुराकानी गर्न सकिनेछ ।

–    यस एप्लिकेशनमार्पत नयाँ ग्रुप्स पनि बनाउन सकिन्छ । यसका लागि तपाईले क्रियट सेक्सनमा जानुपर्नेहुन्छ ।

–    तपाई यस एप्लिकेशनमा ग्रुपको नोटिफिकेशन पाउन सक्नुहुनेछ । साथै आफ्नो इच्छा अनुसार नोटिफिकेशनलाई अन-अफ पनि गर्न सक्नुहुनेछ ।

–    यो एप्लिकेशनमा एउटा डिस्कभर ट्याब पनि रहेको छ । जहाँ तपाईले प्रयोग गरिरहनु भएको ग्रुप्सको आधारमा नयाँ पेजलाई पनि सुझाव दिन सकिन्छ ।

–    फेसबुकले ग्रुप्स एप्लिकेशन बनाएपनि ग्रुप पेजको प्रयोग गतर्ने पुरानो प्रक्रिया भने चलिरहन्छ ।

–    यो एप्लिकेशन आइओएस र एन्ड्रोइडमा उपलब्ध छ ।


  •  
  •  
  •