काठमाडौ, २८ मंसिर(एजेन्सी) : फेसबुकले केही समय अघि डिस्लाइक बटन ल्याउने बताएको थियो । फेसबुकले अब भने चाँडै नै डिस्लाइक बटन ल्याउने बताइएको छ ।
फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले डिस्लाइक बटन ल्याउने तयारी गरिरहेको तर यसले मानिसलाई होच्याउन सक्नेमा भने आफू चिन्तित रहेको बताएका छन् ।
फेसबुकमा डिस्लाइक बटन सबैभन्दा धेरै माग गरिएको सुविधा हो । फेसबुकले मानिसहरूलाई नहोच्याइ डिस्लाइक बटन कसरी प्रयोग गर्न सकिन्छ भनेर बाटोहरू खोजिरहेको जनाएको छ ।
जुकरवर्गले भनेका छन्, ‘हामीले फेसबुकमा डिस्लाइक बटनलाई कसरी ल्याउँदा मानिसले आफ्नो उत्तेजनालाई सही तरिकाले प्रस्तुत गर्न सक्छ भने विचार गरिरहेका छौ ।’
‘मानिसहरूले नराम्रा समाचारहरूमा लाइक बटन थिच्नका लागि अनकनाउने गर्छन् ।’ उनले भने, ‘र कम्पनीले मानिसलाई सहजै यो कुरा राम्रो होइन भन्नका लागि सहज होस् भनेर सही बाटो खोजिरहेका छौ ।’