फेसबुकले ल्याउँदैछ डेटिङ्ग फिचर, खोज्न सकिनेछ साथी

174
  •  
  •  
  •  

facebook messanger
काठमाडौं, २३ भदौ (एजेन्सी) : फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई अन्य सञ्जालमा जान नदिनका लागि विभिन्न किसिमका सुविधाहरु थप्दै गइरहेको छ ।

यसैबीचमा फेसबुकले म्यासेन्जरमा डेटिङ्ग फिचर ल्याउने तयारी गरिरहेको छ । मदरबोर्डको एक रिपोर्टले यसबारे जानकारी दिएको हो ।

रिपोर्टअनुसार फेसबुक म्यासेन्जरमा डेटिङ्ग फिचरको तयारी भइरहेको बारे फेसबुले परीक्षण गरिरहेको छ । यो फिचरले नयाँ साथी बनाउन र खोज्ने काममा प्रयोग गर्न सकिन्छ ।

यो एप परीक्षण भइरहेका क्षेत्रमा फेसबुकले नोटिफिकेशन पठाइरहेको छ । यसको परीक्षण अहिले न्यूजल्याण्ड र टोरन्टोमा भइरहेको फेसबुकले जनाएको छ ।


  •  
  •  
  •