फेसबुकले ३ महिनामा कमायो ४.५ अर्ब डलर

308
  •  
  •  
  •  

काठमाडौँ, कात्तिक(ओएनएस) : विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले जुलाई-सेप्टेम्बरको त्रैमासिकमा किर्तीमानी कमाई गरेको छ । फेसबुकले ४.५ अर्ब डलरको रेभेन्यु हासिल गरेको छ । यो गत वर्षको तुलनामा ४१ प्रतिशत बढी हो । फेसबुकले उक्त त्रैमासिकमा ४.३ अर्ब डलर कमाई हुने अपेक्षा गरेको थियो ।

यसका साथै फेसबुक प्रयोगकर्ताको संख्या पनि बढिरहेको छ । फेसबुकको यो नतिजा सार्वजनिक भएपछि फेसबुकको शेयर पनि १०३.९ डलरबाट बढेर १०९.३४ डलर पुगेको छ । कम्पनीको जम्मा नाफा करिब ९००० करोड रूपैयाँ पुगेको छ ।

कम्पनीले फेसबुकमा हरेक महिना करिब १५५ करोड प्रयोगकर्ता रहेका छन् । हरेक दिन १ अर्ब भन्दा धेरै मानिस फेसबुक चलाउँछन् । फेसबुकले हरेक प्रयोगकर्ताबाट करिब २ सय ८८ रूपैयाँ कमाउँछ । ह्वाट्स एपमा ९० करोड प्रयोगकर्ता रहेका छन् । फेसबुकले ह्वाट्स एप सन् २०१४ मा १९ अर्ब डलरमा किनेको थियो ।

यस्तै, करिब ७० करोड प्रयोगकर्ताले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् भने ४० करोड प्रयोग कर्ता इन्टाग्राममा रहेका छन् । फेसबुकमा अहिले १२ हजार मानिस काम गर्छन् । एक हजार मानिस पछिल्लो त्रैमासिकबाट बढेका हुन् ।


  •  
  •  
  •