फेसबुक संसारभर ४५ मिनेट चलेन, ह्याक भएको दाबी

311
  •  
  •  
  •  

१३ माघ (एजेन्सी) :  विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्चाल फेसबुक सोमबार संसारभर ४५ मिनेट ‘डाउन’ भएको छ । यस्तै सोहि समयमा अर्काे समाजिक सञ्जाल इन्ट्रग्राम पनि बन्द भएको थियो । अनलाईन गु्रप लिजार्ड स्वायरले ह्याक गरेको दाबी गर्दै फेसबुक र इन्ट्राग्राम बन्द भएको ‘डेली मेल’ले लेखेको छ ।
नेपालमा सबैभन्दा सबैभन्द बढि लोकप्रिय फेसबुकको संसारभर साढे १ बिलियन प्रयोगकर्ता रहेका छन् । अमेरिका, यूरोप र एसियामा ‘इरर’ भएको भनि देखाएपछि फेसबुक करिब ४५ मिनेट बन्द भएको थियो ।

facebook1.si

ह्याकरले फेसबुकका मालिक मार्क जुकरवर्गको फेसबुक पहिले ह्याक गरि अफलाईन बनाएको दाबी गेको छ । फेसबुकले भने बन्द हुनुको कारण भन्न अस्वीकार गरेको छ । फेसबुक बन्द भए लगत्तै ट्वीटरमा ‘फेसबुक डाउन’ भन्ने ट्रेन्ड्रिङ चलेको थियो ।

यसअघि फेसबुक एक दिनका लागि बन्द गरिसक्ने बताइएको थियो । फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरु अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको समाचार दुई दिन अघि मात्र सार्वजनिक भएको थियो । सन् २०१५ माफेसबुकले डाटारनीति र शर्तहहरु अपडेट गर्न लागेको थियो ।


  •  
  •  
  •