फेसबुकका मालिक जुकरबर्ग बने पिता

397
  •  
  •  
  •  

काठमाडौँ, १६ मंसिर(ओएनएस) : फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग पिता बनेका छन् । जुकरबर्गले फेसबुकमार्फत यसबारे जानकारी दिँदै भनेका छन्, ‘यो संसारमा आफ्नो छोरी म्याक्सको स्वागत गर्दै म र प्रिसिला निकै खुसी छौँ ।’

जुकरबर्गले छोरीको जन्मपछि उनले आफ्नी छोरीलाई एक चिठ्ठी समेत लेखेका छन् । चिठीमा उनले लेखेका छन्, ‘तिम्रो आमा र मसँग खुसीको कुनै सीमा नै छैन्, जुन आशा तिमीले हाम्रो भविष्यको लागि जगाएकी छौ । हामी आशा गर्छौ की तिमी स्वस्थ हुनेछौ र यस विश्वलाई हेर्नेछौ । तिमीले हामीलाई यस विश्वमा रहने एउटा कारण दिएकी छौ । हरेक आमा-बाबु जस्तै हामी पनि चाहन्छौ की तिमी एउटा ठूलो संसारमा ठूलो हुन सक, जुन हामीभन्दा राम्रो छ ।’

उनले उक्त चिठीमा छोरी बढ्ने र पढ्ने विश्वको बारेमा उल्लेख गरेका छन् । उनले चिठीमा यस्तो विश्वको उल्लेख गरेका छ्न्, जहाँ मानिसहरू एक-अर्काक क्षमताको कदर गर्दै उनीहरूलाई प्रोत्साहित गरेर यस विश्वलाई थप सुन्दर बनाउँनेछन् । मानिसहरूले आफूले सिकेर अरूलाई पनि सिकाउन्, मानिससँग जोडिएको गरिबी हटोस् र सबैलाई समान अधिकार प्राप्त होस् ।

फेसबुकका संस्थापक जुकरबर्गले हामी बालबालिकाहरूको लागि यो विश्वलाई थप राम्रो बनाउनकालागि प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘नयाँ पुस्तालाई एक राम्रो वातावरण दिन र विश्वमा सुधार ल्यानकालागि फेसबुकको ९९ प्रतिशत शेयर दिन्छौ ।’ जुकरबर्गले फेसबुकमा रहेका सबै मानिसलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रिसिला जब गर्भवती थिइन्, उक्त समयमा तपाईहरू सबैको माया र समर्थनका लागि धन्यवाद । तपाईले हामीलाई यो आशा दिनुभयो की साथमा मिलेर हामी म्याक्स र अन्य बालबालिकाका लागि राम्रो भविष्य बनाउन सक्छौँ ।’

जुकरबर्गले आफ्नो जीवनमा परिवारको महत्वलाई दर्शाउँदै आफ्नो पहिलो बच्चाको जन्मेपछि दुई महिना छुट्टी लिने योजना बनाएको बताएका छन् । जुकरबर्गले यस निर्णयलाई व्यक्तिगत निर्णय भन्दै एक अनलाईन पोष्टमा भनेका छन्, काममा हिडिरहने आमा-बाबुले आफ्न नवजात शिशुका लागि समय निकाल्नु बच्चा र परिवारकालागि राम्रो हुन्छ ।


  •  
  •  
  •