फेसबुकका मालिक जुकरवर्गको खुलासाः मलाई मार्ने धम्की आएको थियो

407
  •  
  •  
  •  

zuckerberg-facebookकाठमाडौ, २७ पुस(एजेन्सी) : फेसबुकका प्रमुख कार्यकारी अधिकारी तथा संस्थापक मार्क जुकरवर्गले पेरिसमा फ्रान्सेली म्यागाजिनको कार्यालयमा भएको हमलापछि आफ्नो फेसबुकमा एक निकै ठूलो खुलासा गरेका छन् । उनले फेसबुकमा पैगम्बर मोहम्मदको विषयलाई रोक लगाउन अस्विकार गरेको भन्दै केही वर्ष पहिले पाकिस्तानको एक आतंकीले उनलाई ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् ।

यता जुकरवर्गले आंतकीको पहिचान बताएका छैन्, तर पाकिस्तानी आतंकी लेखेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ । जुकरवर्गको फेसबुक पेजमा एक पाकिस्तानी फलोअरले लेखेका छन्, ‘तपाई एक व्यक्तिको कारण पुरै देशलाई दोषी भन्न सक्नुहुन्न ।’

जुकरवर्गले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की आएपनि आफूले आफ्नो निर्णय नबदलेको बताएका छन् । आफूविरूद्ध भइरहेको विरोध देखेर जुकरवर्गले लेखेका छन्, ‘तपाईहरू सही भनिरहनु भएको छ । मेरो धेरै पाकिस्तानी साथीहरू छन् र मलाई थाहा छ सबै पाकिस्तानी त्यस्ता हुँदैनन्, जस्तो मलाई मार्ने धम्की दिने थियो ।’ उनले भने, ‘फेसबुक एउटा यस्तो ठाऊँ हो जहाँ विश्वभरका मानिस आफ्नो विचार राख्ने गर्छन् । हामी प्रयोगकर्तालाई बिना कुनै डर आफ्नो भनाई राख्न दिन्छौ । हामी आफ्नो प्रयोगकर्तासँग प्रतिबद्ध छौ ।’


  •  
  •  
  •