फेसबुकले जनवरी १ देखी आफ्नो नीति परिवर्तन गर्ने

156
  •  
  •  
  •  

facebookकाठमाडौ/मंसिर : फेसबुकमा आगामी जनवरी १ देखी केही नीतिका साथ केही परिवर्तन हुने भएको छ । फेसबुकले आफ्नो प्रयोगकर्ताहरूले इमेलमार्फत फेसबुकमा म्यासेज पठाएर यसको जानकारी दिएको छ ।
यो जानकारीका अनुसार फेसबुक आफ्नो डाटा नीति, कुकिज नीति र शर्तहरूको अपडेट गर्ने छ । यसलाई बुझ्नका लागि प्रयोगकर्तालाई केही गाह्रो नहुने जनाएको छ ।
प्रयोगकर्ताले फेसबुकका लागि आफूले प्रयोग गर्ने उपकरणमा कस्तो विज्ञापन देखिने यसको नियन्त्रण पनि प्रयोगकर्ता आफैले गर्न सक्नेछन् । यस्तै, प्राइभेसी पोलिसी चेकअपलाई पनि अझ सहज बनाउने जसले प्रयोगकर्ताले के र कोसँग शेयर गर्न चाहन्छन् त्यो प्रयोगकर्ताकै नियन्त्रणमा हुन्छ ।
फेसबुकले १ जनवरी देखी विभिन्न नयाँ बटनहरू पनि प्रयोग गर्ने बुझिएको छ । उक्त बटनमा एक सपिङ बटन पनि हुनेछ, जसबाट प्रयोगकर्ताले सामान किन्न समेत सक्नेछन् । तर, यो बटन परिक्षणका लागी हुनेछ । यसको साथै फेसबुकसँग जोडिएको कम्पनी र एप्लिकेशनको बारेमा जानकारी दिनेछ ।
पश्चिमी देशहरूका प्रयोगकर्ताहरूले आफ्नो जानकारी विज्ञापनकर्ताहरूमा कसरी पुग्छ भन्ने चिन्ता जताउँदै आएका छन् । यस बारेमा फेसबुकले भने उक्त नीतिमा कुनै परिवर्तन नआउने र उनीहरुले विज्ञापनकर्ताहरूलाई केही नभनी आफ्नो प्रयोगकर्ताहरूको बारेमा धेरै जानकार दिँदैन ।
यसै क्रममा फेसबुकले आगामी वर्ष प्रयोगकर्ताहरूलाई कुन विज्ञापन देखिने भन्ने प्रयोगकर्ताकै हातमा हुनेछ । यो सुविधा मोबाइल, ट्याबलेट आदीमा पनि दिइनेछ ।

  •  
  •  
  •