फेसबुकबाट ६ हजार कमाउन खोज्दा …….

34
  •  
  •  
  •  

कामाडौं, २३ भदौं ।  फेसबुकमार्फत केटी साथीको फोटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पसा माग्ने युवक पक्राउ परेका छन् । कीर्तिपुर बस्ने वर्ष २२ का राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै एक केटी साथीको फोटो मोवाइलमा खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए । ‘६ हजार दिए सार्वजनिक नगर्ने’ भन्दै ब्ल्याकमेलिङ गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

पौडेललाई आइतबार पक्राउ गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । पौडेललाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारबाही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भुपाल भण्डारीले बताए । विद्युतीय कारोवार ऐनअन्तर्गतको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।


  •  
  •  
  •