फेसबुक गर्‍यो प्रयोगकर्ताको गोप्य परीक्षण

187
  •  
  •  
  •  

 

काठमाडौं (एजेन्सी _ : शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ।
यो परीक्षणअन्तर्गत फेसबुकका ती प्रयोगकर्ताको नकारात्मक सामग्रीमा छेडखानी गरिएको थियो र प्रयोगकर्ताले यसलाई कसरी लिन्छन् भनेर हेरिएको थियो। यो शोध अमेरिकाका दुुई विश्वविद्यालयसँग मिलेर गरिएको थियो। उनीहरूको उद्देश्य थियो– एक निश्चित किसिमको भावनात्मक सन्देश देखेर बाँकी प्रयोगकर्तामा सामग्री पोस्ट गर्ने तरिका बदलिन्छ कि बदलिँदैन भन्ने हेर्नु।
फेसबुकले जुन तथ्यांक लिइएको हो, त्यो कुनै पनि एक व्यक्ति विशेषको फेसबुक एकाउन्टसँग सम्बन्धित भएको दाबी गरेको छ। यो शोधमा क्यालिफोर्निया विश्वविद्यालय र कर्नेल विश्वविद्यालय संलग्न थिए।
यो शोध गरिएको तरिकालाई लिएर फेसबुक प्रयोगकर्ताबाट चर्को आलोचना भएको छ।
यसैबीच लेबर पार्टीका सांसद जिम सेरिदनले यो घटना जाँचको माग गरेका छन्। ‘यो असाध्यै शक्तिशाली चिज हो र नागरिकलाई जोगाउन कानुन छैन भने कानुन बनाइनुपर्छ,’ बेलायती पत्रिका गार्डियनले उनको भनाई उद्धृत गर्दै लेखेको छ।
मानिसको निजी जीवनमा दखल पुुर्‍याइरहेको उल्लेख गर्दै फेसबुकको यो कार्यबाट आफू दुुःखी भएको उनले जनाएका छन्। ‘कसैको निजी जीवनमा यस्तो दखल पुुर्‍याउन ठीक होइन,’ उनले भने।
यद्यपि इलिनोएको एल्महस्ट कलेजका मनोविज्ञानका प्राध्यापक कैथरिन स्लेज मुरले यो प्रयोग त्यति खतरनाक र गम्भीर नभएको बताएका छन्। उनका अनुसार यो परीक्षणको नतिजा पनि असाध्यै अचम्मित पार्ने खालको नभएको उनको दाबी छ।


  •  
  •  
  •