एफए कपमा लिभरपुलको जित

143
  •  
  •  
  •  

२२ पुस(एजेन्सी) :  लिभरपुल एफए कपको फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले विम्बल्डनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा कप्तान स्टफेन जेरार्डले दुई गोल गरे । सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गरेपछि जेरार्डले लिभरपुलका लागि पहिलो खेल खेलेका हुन् ।

खेलमा लिभरपुलले १२ औं मिनेटमा जेरार्डको गोलबाट अग्रता थाल्यो । तर, ३६ औं मिनेटमा एडबायोले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

खेलको ६२ औं मिनेटमा जेरार्डले दोस्रो गोल गरेपछि लिभरपुल २–१ ले विजयी भयो । अर्को खेलमा बर्नली र टोट्ह्याम बराबरीमा रोकिएको छ ।

 प्रिमियर लिगमा चेल्सीको विजय यात्रालाई पुर्ण विराम लगाएको टोटनह्याम एफ ए कपमा भने बर्नलीसंग एक एक गोलको बराबरीमा रोकिएको हो ।


  •  
  •  
  •