बैतडी, १३ असोज (ओएनएस) मौसममा फेरवदल भएसँगै बैतडीमा आँखा पाक्ने विरामीको संख्या बढ्दै गएको छ । बैतडीको गोठलापानीको आँखा उपचार केन्द्रमा अहिले दैनिक ४५ देखि ५० जना सम्म आँखाका विरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।
विरामी मध्ये करिब १० देखि १२ जना सम्म आखा पाक्ने समस्याका विरामी आउने गरेको आँखा उपचार केन्द्रका प्रमुख सुनिल प्रसाद जोशीले जानकारी दिए । विशेषगरी यो समयमा मौसममा धेरै फेरवदल हुने भएकाले विभिन्न प्रकारका भाइरसहरु सकृय हुने र यसले गर्दा आँखामा संक्रमण भई आखा चिलाउने, रातो हुने, पाक्ने लगाएतका समस्या आउने गरेको जानकारी दिए ।
बिशेषगरी बालबालिकाहरुमा यो रोगको उच्च जोखिम रहेको जोशीको भनाइ छ । सयममै यसको उपचार हुन नसके आखाँको नानीमा घाउ बन्ने हुदां सयम मै उपचार गर्न चिकित्सकले सल्लाह दिएका छन् ।