भैरहवामा यती एयरको विमान दुर्घटना

357
  •  
  •  
  •  

फाइल फाेटाे

यती एयरको विमान गौतमबुद्ध विमानस्थलमा आइतबार दुर्घटना भएको छ ।

 

विमान एक्कासी दुर्घटना भएकाे विमानस्थलका कर्मचारीहले बताएका छन्। विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

काठमाडौंबाट उडान भरेकाे विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको विमानस्थलकाे प्रशासनले जनाएकाे छ। विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरणकाे क्रममा रन वे मा गुडिरहेकाे अवस्थामा दुर्घटनाग्रस्त भएको थियो।

 


  •  
  •  
  •