नेपाल–भारत फ्रेन्चाइज एस्क्पो बिहीबारदेखि

146
  •  
  •  
  •  

काठमाडौं, ३१ बैशाख(ओएनएस) : आगामी बिहीबारदेखि काठमाडौंमा नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय राजदूतावासको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।

एक्स्पोमा नेपाल र भारतका ६० वटा ब्राण्डहरु सहभागी हुनेछन् ।  एक्स्पोमा रिटेल कम्पनी, शिक्षा क्षेत्र, फिटनेस, फेसन, खाना तथा बेभरेज, रियल इस्टेट, टेक्नोलोजीलगायतको सहभागिता हुनेछ ।

भारतीय ब्राण्डहरुको समन्वय फ्रेन्चाइज इण्डिया नामक कम्पनीले गरेको छ ।  भारततर्फबाट नाइन किड्स, अमेरिकन स्कुल बेस्ट सेलर, वाइक स्टुडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, यूकिलन लगायत कम्पनीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यस्तै नेपालबाट अग्नि ग्रुप, टिबडेवाला ग्रुप, मेरो घर, सिटीहोम्स, सांग्रिला, हिमालयन जाभा, गोल्ड स्टार, अल्पाइन पश्मिना, सभानेपाल र श्री जयकाली जडीबुटीलगायतको सहभागिता हुने संघले जनाएको छ ।

एक्स्पोको तयारीको लागि बुधबार विभिन्न कम्पनीहरुसँग अन्तक्र्रिया कार्यक्रम समेत गरिने संघले बताएको छ ।

त्यस्तै खुद्रा व्यवसायमा व्यावसयिक अवसरहरु लगायतका विषयहरुमा रहेका अनुभवहरुको आदानप्रदान गर्ने कार्यक्रम रहेको उद्योग वणिजय महासंघकी अध्यक्ष भवानी राणाले पत्रकार सम्मेलनमा जानकारी गराएकी छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •