‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गरिने

511
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : आगामी जेठ ३, ४ र ५ गते काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गरिने भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पो आयोजना गर्ने घोषणा गरेको हो ।

खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्स्पो काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुले भाग लिने पनि अध्यक्ष महर्जनले बताए ।

एक्स्पोमा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघलगायतका निकायसँग पनि सहकार्य भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •