टाटा मोटर्सले नेपालमा ल्यायो इजेटा कार

317
  •  
  •  
  •  

e-xeta carकाठमाडौ, १ पुष : टाटा मोटर्सको भारतमा लोकप्रिय बनेको नयाँ इजेटा कार नेपालको बजारमा बिक्री सुरू गरेको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी टेडर्सले सोमबार एक कार्यक्रम गरी काठमाडौमा इजेटा सार्वजनिक गरेको हो ।

सोमबार कम्पनीले जारी गरेको विज्ञप्तिमा १.२ एमपिएफआई इन्जिन भएको नयाँ कारले बढी माइलेज दिने उल्लेख गरिएको छ ।
इजेटा स्टाइलिस हुनुका साथै कारमा नयाँ हिटिङ, भेन्टिलेसन र एअर कन्डिशन सिस्टम भएको पनि कम्पनीले जानकारी दिएको छ ।  यस्तै, गाडीमा सिडी, एमपि थ्रि, युएसबी र व्लुटुथ कनेक्टिभिटीमा म्युजिक सिस्टम लगायतका सुविधा रहेको बताइएको छ ।

कारमा प्रयोग गरिएको अत्याधुनिक इन्जिनले उल्लेखनीय रूपमा इन्धन बचत गर्ने र बढि माइलेज दिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका कन्ट्रि म्यानेजर हेमन्त पुर्णानिकले टाटाका लागि नेपाल परम्पारगत रुपमा नै महत्वपूर्ण बजार भएको बताए ।

कम्पनीले इ–जेटाको मूल्य १७ लाख ९० हजार रुपैयाँ राखेको छ । त्यसैगरी कम्पनीले दुई वर्ष वा ७५ हजार किलोमिटरमध्ये जुन अघि हुन्छ त्यसमा वारेन्टी प्रदान पनि गर्नेछ ।


  •  
  •  
  •