अाजकाे विदेशी मुद्राको विनिमय दर

388
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : शुक्रबार रियाल र बहराइन दिनारको मूल्य स्थिर रहेकाे छ भने कोरियन वनको सटही दर केही पैसा बढेको छ ।त्यस्तै कुवेती दिनार र मलेसियन रिंगिटको सटही दर केही पैसा घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र विक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ९५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।

त्यस्तै युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८८ पैसा र विक्रिदर २७ रुपैयाँ ०४ रहेको छ ।

त्यस्तैएक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


  •  
  •  
  •