मंगलबारको विदेशी मुद्राको विनिमयदर

310
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख(ओएनएस) : मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ८८ पैसा तोकेको छ ।

सोमबार खरिददर १ सय १२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ६६ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा छ । हिजो सोमबार खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा थियो ।

मंगलबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ । सोमबार खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा तोकिएको छ । सोमबार खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९५ रुपैयाँ १८ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ७७ पैसा छ । सोमबार खरिददर २ सय ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर २ सय ९८ रुपैयाँ ८३ पैसा थियो ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको थियो ।


  •  
  •  
  •