बुधबारको विदेशी मुद्राको विनिमयदर

94
  •  
  •  
  •  

काठमाडौं, १ जेठ(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ तोकेको छ । मंगलबार खरिददर १ सय १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ १६ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ । मंगलबार खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा रहेको थियो ।

बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३ सय  ६९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९२ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ८६ पैसा छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३ सय रुपैयाँ १५ पैसा थियो ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलबार खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा थियो ।


  •  
  •  
  •