यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर

72
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख(ओएनएस) : नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ १६ पैसा तोकेको छ । सोमबार खरिददर १ सय ११ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ १६ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा छ । सोमबार खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा थियो ।

मंगलबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३ सय ६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ९२ पैसा तोकिएको छ । सोमबार खरिददर ३ सय ६७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ २६ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २ सय ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३ सय रुपैयाँ १५ पैसा छ । सोमबार खरिददर २ सय ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २ सय ९७ रुपैयाँ ४४ पैसा थियो ।

मंगलबार कोरियन वनको भाउ भने बढेको छैन । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा थियो ।


  •  
  •  
  •