बिहीबारको विदेशी मुद्राको विनिमयदर

621
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ १० पैसा तोकेको छ ।

बुधबार डलरको खरिददर १ सय ११ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७० पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा थियो ।

यस्तै बिहीबार कुवेती दिनारको १ को खरिददर ३ सय ६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ६८ रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो बुधबार कुवेती दिनारको १ को खरिददर ३ सय ६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९५ रुपैयाँ ७२ पैसा र बिक्रीदर २ सय ९७ रुपैयाँ ३१ पैसा छ । बुधबार बहराइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ २५ पैसा थियो ।

यस्तै, आज कोरियन वनको मूल्य भने केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । बुधबार वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको थियो ।

 


  •  
  •  
  •