बुधबारको विदेशी मुद्राको विनिमयदर

338
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७० पैसा तोकेको छ ।


मंगलबार अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७८ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा छ । सोमबार खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो ।
बुधबार मलेसियन रिंगिटको भाउ भने केही पैसा बढेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा थियो ।

यस्तै बुधबार कुवेती दिनारको १ को खरिददर ३ सय ६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो मंगलबार कुवेती दिनारको १ को खरिददर ३ सय ६५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४६ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ २५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ४२ पैसा थियो ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको थियो ।


  •  
  •  
  •