बिहीबारको विदेशी मुद्राको विनिमयदर

336
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ७८ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा छ ।

यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३ सय ५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ सय ६० रुपैयाँ ५८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २ सय ९१ रुपैयाँ १९ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ ।


  •  
  •  
  •