डलरको भाउ घट्न थाल्याे

61
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ । बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो ।

 

हेर्नुहोस्


  •  
  •  
  •