आजको विदेशी मुद्राको विनिमयदर

49
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३ सय ६२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २ सय ९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।


  •  
  •  
  •